जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह « Khabarhub

जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार लागि परेको बताएका छन् ।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरी आर्थिक वृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध  रहेको बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गरे । उनले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानून बनाइने बताए ।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य बस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहे पनि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको गुनासो गरे ।

उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि विद्यमान कानूनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन हुने जानकारी दिए ।

उनले चाडपर्व नजिकिँदै जाँदा कृत्रिम अभाव हुन नदिने, आन्तरिक उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्ने समेत बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ३१ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट