७९.८८ अंकले घट्यो नेप्से, कारोबार १९ अर्ब बढी  « Khabarhub

७९.८८ अंकले घट्यो नेप्से, कारोबार १९ अर्ब बढी 


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ प्रतिशतले घटेको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

नेप्सेमा करिब ८० अंकले ओरालोलागेसँगै समूहमा पनि पहिरो गएको छ । लघुवित्त बाहेक अन्य १२ वटा समूह सबै राताम्य रहेको छ । आज सबैभन्दा बढी घटेर इन्भोष्टमेन्ट समूह ३.८३ प्रतिशतले घटेर ११६.१५ विन्दुमा पुगेको छ ।

लघुवित्त समूह भने १.०८ प्रीतशतले बढेर ५४३०.६२ विन्दुमा पुगेको छ । त्यस्तै वाणिज्य बैंक ३.३१ प्रतिशतले, विकास बैंक २.४४ प्रतिशतले, होलट एण्ड टुरिजम २.३८ प्रतिशतले, हाइड्रो ३.०४ प्रतिशतले, प्रतिशतले, फाइनान्स समूह ३.५० प्रतिशतले, जिवन बीमा २.५० प्रतिशतले, उत्पादन तथा प्रशोधन १.५० प्रतिशतले, म्यूचअल फण्ड १.५९ प्रतिशतले, निर्जीवन बीमा २.३२ प्रतिशतले र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रि ओपन शेसनमा साढे १२ अंकले बढेर सुरु भएको बजार बजार खुलेपछि निरन्तर ओरालो लागेको थियो । ६ पटक बजार तलबाट माथि उठ्न खोजे पनि विक्री कर्ता हाबी भएकाले बजार भने माथि जान सकेन ।

आज नेप्से सूचांक न्यूनतम २८८५.३९ विन्दु पुग्यो भने उच्चतम २९९०.०४ विन्दु सम्म पुग्यो । तर बजार बन्द हुँदा भने २८९४.५७ विन्दु मात्र कायम भयो । दिनभर बजारमा उतारचढाव हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको कारोबार भयो ।

आज दिनभरमा ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक किनबेच भयो । आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५९ कम्पनीको शेयर मूल्य बढ्यो भने १८५ वटा कम्पनीको शेयर मूल्य घट्यो ।

आज बजार ८० अंकले घटेको भएपनि ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । थप एक कम्पनी ८ प्रतिशत बढी र थप एक ७ प्रतिशत बढीले बढ्यो ।

दुई स्टकमा भने आज नकारात्मक सर्किट लाग्यो । थाप ५ डिबेन्चर र कम्पनीको मूल्यमा गरेर ७ प्रतिशत भन्दा बढीले घट्यो ।

गत आर्थिक वर्षको लागि ९ प्रतिशत लाभांश घोषणा गरेको अपि पावर हाइड्रो आज बढी कारोबार, टनओभर र ट्रेडर भयो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : २८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ