प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने | Khabarhub Khabarhub

प्रभु महालक्ष्मी लाइफले १० र अपी पावरले ९ प्रतिशत बोनस दिने


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफबाट लाभांश घोषणा गरेका छन् ।

प्रभुले वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत गरेर जम्मा १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रभुको जेठ ७ गते बसेको १६ औँ संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको कम्पनी सचिव किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

अपीको ५ अर्ब ७८ करोड ६५ लाख चुक्ता पुँजीको ९ प्रतिशतले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो । कम्पनीको ७ गने सबेको सञ्चालक समितिको बैठकले उक्त बोनस दिने घोषणा गरेको कम्पनी सचिव सुजन अधिकारीले बताए ।

लामिछानेका अनुसार लाभाशंसँगै प्रभुले निष्कासन गर्न लागेको हकप्रद शेयर १७ प्रतिशत बाट घटाएर ९ प्रतिशतमा झार्ने भएको छ । लाभांश वितरण गरेपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुग्ने भएकाले हकप्रद शेयर घटाएको लामिछानेले बताए ।

लाभांश र हकप्रद निष्कासनको बारेमा बीमा प्राधिकरणलाई स्वीकृतिका लागि निवेदन दिएको र स्वीकृत पाए पश्चात् बोनस र हकप्रद जारी गर्ने सचिव लामिछानेले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ०७ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ