प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई « Khabarhub

प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल चलिरहेका बेला उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बोल्दै नेता भट्टराईले प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवाद विगत ९ वर्षदेखि जारी छ । उक्त विवाद समाधानका लागि अघिल्लो प्रतिनिधि सभाको अवधिमा सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरेको थियो ।

त्यसबेला उक्त समितिका संयोजक नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल थिए । समितिले दिएको प्रतिवेदन पनि प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेको भट्टराईले बताए । प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने १६ अर्ब रुपैयाँ मिनाहा दिने निर्णय गरेको दाबी पनि भट्टराईको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ४ : ३८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स