भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा « Khabarhub

साफ यु–२० च्याम्पियनसिप

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

खेलमा गोल भने नेपालले खाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा भुटानले खेलको ५६ औँ मिनेटमा अग्रता बनाएको थियो ।

भुटानका लागि जेत्सुन दोर्जीले उत्कृष्ट गोल गर्दै सातदोबाटो खेल मैदानमा नेपाली समर्थकलाई पनि स्तब्ध बनाइदिए ।

तर खेलको ७८ औँ मिनेटमा निराजन धामीले गोल फर्काउन सफल हुँदै नेपालको आशा जीवितै राखेका थिए। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ नेपाली किपर चम्किँदा भुटान सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।

नेपाल समूह ‘ए’ का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

यस्तै, भुटान समूह ‘बी’ को उपविजेता बन्दै समिफाइनलमा पुगेको थियो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

अब दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । यो सेमिफाइनल भिडन्तपछि नेपालसँग  उपाधि भिडन्त गर्ने टोली टुंगो लाग्नेछ । यो प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ०२ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका