ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै « Khabarhub

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ३३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स