काठमाडौं- असोज ३ बाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ मा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन् ।
धिरज र उपासनाको यो पहिलो सहकार्य हो । प्रदर्शन मिति नजिकिँदै गर्दा यो रिल जोडी ‘रियल’ हो भन्ने चर्चा चल्न थालेको छ ।
कमलपोखरीस्थित एक हलमा आइतबार फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि उनीहरूको प्रेम सम्बन्धको चर्चाले स्थान पायो ।
छायाङ्कन दौरान धिरजसँग खिचेका प्रेमिल तस्बिर उपासनाले सामाजिक सन्जाल राखेपछि उनीहरू ‘प्रेम सम्बन्धमा हुन् कि ?’ भन्ने अनुमान सुरु भएको हो । उपासनाले धिरजसँग खिचेका प्रेमिल भावका थुप्रै तस्बिर सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रममा धिरज र उपासना सँगै भएपछि यसबारे प्रश्न यसबारे प्रश्न उठ्ने भइहाल्यो । तर, जवाफ दिने क्रममा भने उपसानको बोली लर्बरायो । उपासना लर्बराएपछि उनीहरूबीच प्रेम सम्बन्ध ‘हो कि’ भनी अनुमान लगाउनेलाई थप खुराक थपियो ।
धिरज र उपासना । तस्बिर स्रोत : उपासनाको सामाजिक सञ्जाल
‘फोटोका कारण तपाईंहरू निकटलाई धिरज–उपसनाको खास कुरा के हो भनी प्रश्न गर्न थालिएको रहेछ’ भन्ने प्रश्नमा उपासनाले असहमति जनाइनन् ।
ती तस्बिर सार्वजनिक गर्नुका पछाडि फिल्म प्रचारको उद्देश्य नभएको समेत उनको दाबी छ ।
यद्यपि उनले फोटोबारे दिएको स्पष्टीकरण यस्तो थियो, ‘यो फिल्मका प्रायः कलाकारहरू हामी एउटै उमेर समूहका छौं । हामी सबै साथीहरू सुटिङमा निकट भयौं । त्यही भएर केही तस्बिरहरू लिएका हौं ।’
यति बोलेर भनेर उनी लर्बराइन् । अनि भनिन्, ‘बोल्नै आएन !’ ‘सतही चर्चामा जस्तो प्रेम सम्बन्धमा रहेको होइन’ भन्ने आशयको जवाफ उपासनाको थियो ।
छेउमै रहेका धिरज यो प्रसङ्गमा घुस्न चाहेनन् । अब उनीहरूले नै स्वीकार नगरेसम्म र आधिकारिक नबोलेसम्म यो गसिपमै सीमित रहनेछ ।
यस्तो बन्यो फिल्म ‘खुस्मा’को टिजर
यद्यपि उपासना नायक धिरजसँग सहकार्य गर्न निकै इच्छुक थिइन् । यो कुरा उनले फिल्म छायाङ्कनमा जानुअघि नै बताइएकी थिइन् ।
पहिलो सहकार्यमा धिरज आफूले अपेक्षा गरेको भन्दा उत्तम पाएको उनले बताइन् । सोही कारण निकटता पनि बढेपछि उनीहरू एक अर्कोलाई ‘खुस्मा’कै भूमिकाको नामले बोलाउँछन् रे ! यो कुरा उपसनाले नै सुनाएकी हुन् ।
प्रतिक्रिया