मुख्यमन्त्री कार्की भन्छन्-मन्त्रालय फुटाउँदैनौँ, संख्या पनि बढाउँदैनौँ « Khabarhub

मुख्यमन्त्री कार्की भन्छन्-मन्त्रालय फुटाउँदैनौँ, संख्या पनि बढाउँदैनौँ


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरू बीच सहमति भएको बताएका छन् ।

आइतबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए ।

भाद्र १२ गते सम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागिता सहितको सरकार विस्तार भई सक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे  ।

मुख्यमन्त्री कार्कीले कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए ।  कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए  ।

 

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ५८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स