मुख्यमन्त्री कार्की भन्छन्-मन्त्रालय फुटाउँदैनौँ, संख्या पनि बढाउँदैनौँ « Khabarhub

मुख्यमन्त्री कार्की भन्छन्-मन्त्रालय फुटाउँदैनौँ, संख्या पनि बढाउँदैनौँ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरू बीच सहमति भएको बताएका छन् ।

आइतबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए ।

भाद्र १२ गते सम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागिता सहितको सरकार विस्तार भई सक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे  ।

मुख्यमन्त्री कार्कीले कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए ।  कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए  ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : ५८ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको