फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक « Khabarhub

फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज ३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । काठमाडौंको कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले आइतबार कार्यक्रमको आयोजना गीत सार्वजनिक गरेका हाे ।

उक्त गीतमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई विशेष स्थान दिइएको छ । गीतमा फिल्मका अन्य मुख्य कलाकारलाई पनि देख्न सकिन्छ ।

सार्वजनिक गीतमा एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको छ । योगी र शान्तिश्री परियारको स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनको यो डेब्यू निर्देशन रहेको फिल्म हो ।

सिनेमाको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन् । सुस्मिता बुढाथोकी सह-निर्माता हुन् ।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतको अभिनय रहेको छ ।

जनयुद्ध ताका मगर समुदायको परिवेशको प्रेमकथामा फिल्म निर्माण भएको निर्देशक मगरले बताए ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ९ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको