नेतान्याहुको चेतावनी : हिजबुल्लाहमाथि कठोर प्रहार गर्दैछौँ « Khabarhub

नेतान्याहुको चेतावनी : हिजबुल्लाहमाथि कठोर प्रहार गर्दैछौँ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएका छन् ।

“हामी हिजबुल्लाहमाथि अचम्मका साथ कठोर प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन”, उनले मन्त्रिपरिषद् बैठकमा भने ।

उनले ‘आफ्ना नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेको’ बताए।

“यसबाहेक आइडिएफ (इजरायली सेना)ले मध्य इजरायलमा रणनीतिक लक्ष्यमा हिजबुल्लाहले प्रहार गरेका सबै ड्रोनलाई रोकेको छ”, लक्ष्य के हो भन्नेबारे पहिचान नगरी प्रधानमन्त्री नेतान्याहुले भने ।

यद्यपि इजरायली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरायली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : १४ बजे

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी– म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम्

अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना

काठमाडौं – उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि…

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

काठमाडौं – सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन

जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद्

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो,