पार्टीमा कुनै विवाद छैन : प्रचण्ड « Khabarhub

पार्टीमा कुनै विवाद छैन : प्रचण्ड


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

पोखरामा आजदेखी सुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने, “हामी पार्टीमा विवाद भएकाले तपाईहरूसँग आएका होइनौँ । पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ । हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फूटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ ।”

पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गरे ।

यही भदौ १० गतेसम्म सञ्चालन हुने बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको सहभागितामा परामर्श बैठक बसेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीले आफ्नो भनाइ राखेका थिए ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल तथा सचिवहरू शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायत पार्टीका केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको छ ।

माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीका लागि केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो । बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि परामर्श हुने प्रदेश अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ९ : ४० बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर