दूलर्भ वन्यजन्तु कालो सालकको उद्धार | Khabarhub Khabarhub

दूलर्भ वन्यजन्तु कालो सालकको उद्धार


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिका–१ स्थित मानवबस्ती नजिकै घाइते अवस्थामा दुलर्भ वन्यजन्तु कालो सालकको उद्धार गरेको जनाएको छ ।

शनिबार स्थानीयले त्रिभुवन त्रिशूली माविको पर्खाल आडमा देखेको कालो सालकको उद्धार र उपचार पश्चात सुरक्षित स्थानमा छाडिएको डिभिजनल वन प्रमुख रोशना पोखरेलले जानकारी दिए ।

उनका अनुसार वयस्क हुने क्रममा रहेको सालक आँखा छेउमा सामान्य चोट लागेको अवस्थामा रहेकाले उपचार पश्चात प्राकृतिक हावापानीले उपयुक्त स्थान (जंगल)मा छाडिएको हो ।

“लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो सालक मानव वस्ती नजिकै कसरी आइपुग्यो भन्नेमा अध्ययन तथा जाँचबुझ गर्दैछौँ”, डिभिजनल वन प्रमुख पोखरेलले भने, “हुर्किएको बच्चा (वयस्क हुने क्रममा रहेको) एकवटा मात्र सालक देखा परेकाले अन्य पनि हुनसक्ने आशङ्कामा उक्त क्षेत्र आसपासमा निगरानी बढाएका छौं ।”

विभिन्न आठ प्रजातिका सालक हुने भएपनि विशेषगरी नेपालमा भने कालो र तामे प्रजातिका मात्र पाइने गरेका छन् । लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो जातको सालक निकै दूर्लभ भएकाले संरक्षणका लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले रातोसूची (संकटग्रस्त प्रजाति)मा राखेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : २८ बजे

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।