प्रिमियर लिग : नोनीको ह्याट्रिकमा चेल्सीको सानदार जित « Khabarhub

प्रिमियर लिग : नोनीको ह्याट्रिकमा चेल्सीको सानदार जित


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा चेल्सीले पहिलो जित दर्ता गरेकाे छ । आइतबार राति सम्पन्न खेलमा नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले वुल्भ्सविरुद्ध ६–२ को सानदार जित निकालेको हो ।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले ह्याट्रिक गरे । त्यस्तै कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्सले एकएक गोल गरे । वुल्भ्सका लागि म्याथ्युअस कुन्हा र जोर्गेन स्ट्रान्ड लार्सनले एकएक गोल गरे ।

पहिलो हाफ २–२ को बराबरीमा सकिए पनि वुल्भ्यस दोस्रो हाफमा सम्हालिन नसक्दा चार गोल खायो । दोस्रो मिनेटमै ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा वुल्भ्सका लागि कुन्हाले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको अन्त्य तिर पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफकाे इन्जुरी समयमा वुल्भ्सका लागि लार्सन बराबरी गोल फर्काए ।

४९औं मिनेटमा पहिलो गोल गरेका नोनीले ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा फेलिक्सले चेल्सीका लागि छठौं गोल गरेका थिए ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको चेल्सी ८ औं स्थानमा उक्लिएको छ । दुई खेलमा नै पराजित भएको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : ५२ बजे

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन