प्रिमियर लिग : नोनीको ह्याट्रिकमा चेल्सीको सानदार जित « Khabarhub

प्रिमियर लिग : नोनीको ह्याट्रिकमा चेल्सीको सानदार जित


९ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा चेल्सीले पहिलो जित दर्ता गरेकाे छ । आइतबार राति सम्पन्न खेलमा नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले वुल्भ्सविरुद्ध ६–२ को सानदार जित निकालेको हो ।

वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि नोनीले ह्याट्रिक गरे । त्यस्तै कोल पाल्मर, निकोलस ज्याक्सन र जोआओ फेलिक्सले एकएक गोल गरे । वुल्भ्सका लागि म्याथ्युअस कुन्हा र जोर्गेन स्ट्रान्ड लार्सनले एकएक गोल गरे ।

पहिलो हाफ २–२ को बराबरीमा सकिए पनि वुल्भ्यस दोस्रो हाफमा सम्हालिन नसक्दा चार गोल खायो । दोस्रो मिनेटमै ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा वुल्भ्सका लागि कुन्हाले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको अन्त्य तिर पाल्मरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफकाे इन्जुरी समयमा वुल्भ्सका लागि लार्सन बराबरी गोल फर्काए ।

४९औं मिनेटमा पहिलो गोल गरेका नोनीले ५८औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा फेलिक्सले चेल्सीका लागि छठौं गोल गरेका थिए ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको चेल्सी ८ औं स्थानमा उक्लिएको छ । दुई खेलमा नै पराजित भएको वुल्भ्स अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १० : ५२ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका