विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा « Khabarhub

विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अंक बाँडेको छ।

मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ।

यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ। युएईलाई मंगलबार नै अमेरिकाले १३४ रनले हरायो। अमेरिकाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको युएई २०३ रनमा सीमित भएको थियो। सो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लेको हो।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ। पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो।

क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ। नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ।

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ। सोही सिरिज नै नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ५२ बजे

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा