युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि « Khabarhub

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल इन्स्टिच्युट अफ पोलिटिक्सको एउटा सर्वेक्षण सार्वजनिक भएको छ।

१८ देखि २९ वर्ष उमेर समूहमा ह्यारिसले ट्रम्प माथि ३१ प्रतिशतले अग्रता कायम गरेकी छिन्। मङ्गलबार सार्वजनिक सर्वेक्षणमा ह्यारिसको पक्षमा ६१ तथा ट्रम्पको पक्षमा ३० प्रतिशत समर्थन रहेको पाइएको छ।

रजिस्टर्ड मतदातामा भने यो अन्तर छैन। ट्रम्प २३ अङ्कले पछि छन्। जुलाई महिनाको सर्वेक्षणमा पनि बाइडेन अघि थिए। उनीहरू डेमोक्र्याटले चयन गरेको उम्मेदवार प्रति सहमत थिएनन्।

धेरै ब्याटल ग्राउन्डमा सन् २०२० को निर्वाचनमा अत्यन्त तीव्र प्रतिस्पर्धा भएको थियो। अहिले युवाको माझमा ह्यारिसको लोकप्रियताले ती ब्याटल ग्राउन्डमा असर गर्ने अनुमान गरिएको छ।

यस सर्वेक्षणमा सरिक धेरै युवा ह्यारिसलाई मत दिने मात्र होइन, उनको पक्षमा जोडदार आवाज उठाउन थालेका छन्। जुलाई महिनामा बाइडेनले रेस त्यागेपछि धेरै युवतीमा त नयाँ उत्साह नै थपिएको छ। ह्यारिसले युवतीका माझमा ४७ अङ्कको अग्रता कायम गरेकी छिन्। ह्यारिसलाई साथ दिनेमा सबै भन्दा अफ्रिकी अमेरिकी युवती छन्।

नोभेम्बर ५ मा हुने निर्वाचनमा उम्मेदवार भएका दुवै जनाको बारेमा सामाजिक सञ्जालमा धेरै टिप्पणी भएका छन्। विगतमा उनीहरूले अभिव्यक्त गरेको विषय विवादमा आएका छन्। यसले यसका मतदातालाई खासै असर गरेको पाइएको छैन। अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, आप्रवासी समस्याको समाधान र इजरायल हमास युद्धको विषयलाई आधार मान्दै केही युवा अझै ट्रम्पको पक्षमा छन्।

जलवायु परिवर्तन, गर्भपतन र शिक्षाको विषयमा धेरै युवाको माझमा ह्यारिसको लोकप्रियता बढेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको