युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए « Khabarhub

युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं-रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा ठूलो आक्रमण गरेको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।

उक्त घटनामा ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा एकसाथ आक्रमण भएको हो ।

युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । जेलेन्स्कीले यो आक्रमणको लक्ष्य युक्रेनी नागरिक रहेको जिकिर गरेका छन् ।

युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ ।

मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर सेयर गर्दै विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : २६ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया