विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन « Khabarhub

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन गर्न नसकिए स्मार्टसिटीको परिकल्पना पुरा हुन नसक्ने बताएका छन् ।

बुधबार ललितपुर महानगरमा आगलागी सम्बन्धी पूर्वा सचेतनाको श्रव्यदृश्य सामाग्रीको शुभारम्भ गर्दै महर्जनले स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुन नसक्ने बताएका हुन् ।

उनले विपद्लाई सम्बोधन गर्न लगानी पनि गरिरहेको जानकारी दिए । नगरप्रहरी बल १२५ जनाको हुन पुगेको र समयसापेक्ष बिपद् न्यूनिकरणको साधनको पनि व्यवस्था गरेको उनको भनाइ छ ।

महर्जनले दमकल, एम्बुलेन्स, शवबाहन, नगरप्रहरी र विपद्सम्बन्धी सामाग्रीहरू पुल्चोकको जुद्ध बारुण यन्त्र अन्तर्गत राखिएको जानकारी दिए ।

समाजमा घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको र छिटो सेवा दिन सफल भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली