बार अध्यक्ष घिमिरेको आरोप : घर जानेबेला प्रधानन्यायाधीशले हिसाब मिलाउन खोजे « Khabarhub

बार अध्यक्ष घिमिरेको आरोप : घर जानेबेला प्रधानन्यायाधीशले हिसाब मिलाउन खोजे


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घर जान लागेका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ ।

बुधबार बार परिसर रामशाहपथमा विरोध सभा गर्दै नेपाल बारले गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको छ ।

पटक पटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायधीश श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारले विरोध सुरु गरेको हो ।

न्यायाधीशहरूको वरीयतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले प्रधानन्यायाधीश श्रेष्ठलाई भनेको छ।

बारले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने पनि माग राखेको छ ।

विरोधसभालाई सम्बोधनका क्रममा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले घर जान लागेका प्रधानन्यायधीले हिसाब किताब मिलाउन खोजेको आरोप लगाए ।

उनले हिसाब किताब मिलाउनैका लागि असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीशले लागि छिटोछिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका उनले गरेका छन् ।

नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर बस्न नसक्ने स्पष्ट पारे ।

नेपाल बारले न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरि न्यायिक स्वच्छता कायम गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : २९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ