शेयर बजारमा पुनः फर्कियो रौनक, ४९ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा पुनः फर्कियो रौनक, ४९ अंकले बढ्यो नेप्से 


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुनः रौनक फर्किएको छ । आज एकै दिन नेप्से ४९.१८ अंकले बढ्दा  बजारमा रौनक देखिएको हो ।

 मंगलबार २४०० विन्दुमा पुगेको नेप्से आज बढेर २५१९.५७ विन्दुमा पुगेको छ । आज नेप्से १.९९ प्रतिशतले बढेको हो । 

आज ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच भएको छ ।  प्रि–ओपन सेसनमा साढे २ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा थोरै माथि गएको थियो ।

तर ११ः३२ मिनेटमा भने बजार न्यूनतम २४४३.२८ विन्दुमा पुगेको थियो । त्यसपछि उठेको बजार निरन्तरजसो माथि गएको थियो । बजार ११ः४५ पछाडि पनि ५ पटकसम्म बजार तल झर्न खोजेको थियो । तर, खरिदकर्ता हाबी भएका कारण बजार तल झर्न सकेन

आज बजार खुल्दा निराश भएका लगानीकर्ता बजार बन्द हुँदा भने निकै उत्साहित देखिए । २२३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १८ वटा कम्पनीको शेयर मूल्य मात्र घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ६९ हजार ४१८ पटक शेयर किनबेच भयो । आज ५ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३.८० प्रतिशतले बढेर २ हजार ८२३.८३ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले घटेर २०.७८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक १.८० प्रतिशतले, विकास बैंक २.७५ प्रतिशतले, होटल एण्ड टुरिजम ३.५० प्रतिशतले, हाइड्रोपावर २.६० प्रतिशतले, लगानी १.५६ प्रतिशतले, जीवन बीमा १.९१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४४ प्रतिशतले, लघुवित्त १.४९ प्रतिशतले, निर्जीवन बीमा १.६७ प्रतिशतले, अन्य समूह १.७५ प्रतिशतले र ट्रेडिङ समूह १.७८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : २९ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र