काठमाडौंमा मनाइयो जितिया पर्व « Khabarhub

काठमाडौंमा मनाइयो जितिया पर्व


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया पर्व काठमाडौंमा पनि मनाइएको छ ।  

काठमाडौंमा बसोबास गर्दै आएका थारू समुदायले काठमाडौंमा मूल आयोजक समिति बनाएरै जितिया पर्व मनाएका हुन् ।

थारू महिला सभा, काठमाडौं उपत्यका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विशेष पूजाआजा गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जितिया पर्वको शुभकामना दिँदै आफ्ना अधिकार स्थापीतका लागि एकीकृत हुन आग्रह गरे ।

तराई–मधेसका आमाहरुले निर्जल-निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने परम्परा रहेको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी-सखर, भिजाएको केराउ, दही-च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : १४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ