काठमाडौंमा मनाइयो जितिया पर्व « Khabarhub

काठमाडौंमा मनाइयो जितिया पर्व


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया पर्व काठमाडौंमा पनि मनाइएको छ ।  

काठमाडौंमा बसोबास गर्दै आएका थारू समुदायले काठमाडौंमा मूल आयोजक समिति बनाएरै जितिया पर्व मनाएका हुन् ।

थारू महिला सभा, काठमाडौं उपत्यका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विशेष पूजाआजा गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जितिया पर्वको शुभकामना दिँदै आफ्ना अधिकार स्थापीतका लागि एकीकृत हुन आग्रह गरे ।

तराई–मधेसका आमाहरुले निर्जल-निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने परम्परा रहेको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी-सखर, भिजाएको केराउ, दही-च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : १४ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार