योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताएका हुन् ।

यस्तै उनले विगतमा गरिएका कामको समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न आह्वान गरे । योजनाको समीक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै उनले समिक्षाबाटै निकास खोज्न आह्वान गरे । उनले चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ४४ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा