एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै « Khabarhub

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई सम्झौतामा हस्ताक्षर गरेको छ ।

दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यी पहलले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : २८ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको