अन्तर्राष्ट्रिय

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै

By खबरहब

September 25, 2024

काठमाडौँ– भारतको पञ्जाब प्रान्तमा लागूऔषधको प्रकोप बढ्दै गएको पाइएको छ । खासगरी पाकिस्तानी सीमाबाट चालकरहित हवाइ उपकरण (ड्रोन) को प्रयोग गरी भारततर्फ हुने तस्करीका कारण लागूऔषधको प्रकोप बढ्न थालेको अधिकारीहरू बताउँछन् ।

पाकिस्तानी सीमाबाट मुख्यगरी हेरोइन जस्ता घातक लागूऔषध भारततर्फ तस्करी हुने गरेको छ । पछिल्लो ६ महिनायता मात्रै पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पञ्जाबका गाउँमा १ सयभन्दा धेरै ड्रोन बरामद भइसकेको छ ।

अघिल्लो वर्षभरी ती ठाउँमा १ सय ७ जति ड्रोन बरामद भएको थियो । पछिल्लो समय ती ड्रोनबाट हुने लागूऔषध तस्करीको क्षमता पनि बढ्दै गएको बताइएको छ ।

कतिपय अवस्थामा एउटै ड्रोनबाट १५ किलोसम्म लागूऔषधको तस्करी हुने गरेको जनाइएको छ । यस्तो तस्करीमा पाकिस्तानी राज्य संयन्त्रको पनि संलग्नता रहेको भारतीय अधिकारीहरू बताउँछन् ।