वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ | Khabarhub Khabarhub

वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जलेश्वर यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। जिल्ला प्रहरी कार्यालयले निजहरुउपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।

घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए ।  जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरू  सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।

घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शङ्कास्पद रहेको  माओवादी केन्द्रले जनाउँदै आएको थियो ।

पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’