इलामका किसान व्यावसायिक प्याजखेतीतर्फ आकर्षित « Khabarhub

इलामका किसान व्यावसायिक प्याजखेतीतर्फ आकर्षित


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इलाम – पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्फ आकर्षित भएका हुन् ।

सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गरे। ‘प्रतिमन दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुऱ्याउँदा पाँच मनजति सकियो’, पराजुलीले भने।

गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई–१७२ जातको दुई सय ग्राम बीउ रोपण गरेका पराजुलीले  एक लाख २५ हजारको प्याज बिक्री गरेका छन्।

 ‘जम्मा ३२ हजार खर्च कटाएर खुद ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ’, उनले भने, ‘लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाँहि बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।’

जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ । आर्थिक वर्ष २०७९÷८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०-८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिए ।

सन्दकपुर–३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका–३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाएका छन् । ‘७० प्रतिकिलोका दरले बिक्री गरेँ । बाँदरले अन्य खेती र तरकारीसमेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो’, सुवेदीले भने, ‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुनेरहेछ ।’

प्याजको राम्रो उत्पादनका लागि ६० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि प्राविधिक प्रभु शाहले बताए।

 ‘प्याजको वृद्धि विकासका लागि १३ देखि २५ डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक हुन्छ, पानी नजम्ने र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ, माटोमा पिएच ५ दशमलव ८ देखि ६ दशमलव ५ हुनुपर्दछ’, शाहले भने।

सूर्योदयका अगुवा किसान मदन राईले प्याज रोप्नुअघि जमिनको तयारी राम्रो गर्नुपर्ने अनुभव सुनाए।

 ‘खनजोत गहिरो, डल्ला फुटाउने, झार जिलाउने, माटो मसिनो र बुरबुराउँदो बनाउनुपर्ने रहेछ । राम्ररी पाकेको गोेबर मलको प्रयोग राम्रो हुँदोरहेछ, एक दिन अगाडि नै बीउलाई पानीमा भिजाएर उमार्नुपर्छ । नर्सरीमा राम्रोसँग उम्रेका बिरुवा ८–१० हप्तामा रोप्नलायक हुन्छन्’, उनले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : २१ बजे

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र