पूर्व मोडेल विलियम्सले लगाइन् ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप | Khabarhub Khabarhub

पूर्व मोडेल विलियम्सले लगाइन् ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

न्युयोक – स्पोर्ट्स एलुस्ट्रेडेकी पूर्व स्विम स्विट मोडल स्टेसी विलियम्सले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

बिहीबार सिएनएनसँगको अन्तरवार्तामा विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा जेफ्री एप्सटेसनसँगै गएको समयमा ट्रम्पले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। त्यसको समयमा विलियम्स २० वर्षको उमेरको हाराहारी थिइन्।

सिएनएनका सञ्चारकर्मीले यस घटनाका बारे विलियम्सका तीन साथीसँग कुरा गरेका थिए। उनीहरूले विलियम्सले यस कुरा २००६, २०१५ र २०१८ मा यो कुरा उनीहरूसँग राखेकी थिइन्। सन् १९९३ मा एप्सटनले विलियम्सलाई टावर घुम्न र ट्रम्पलाई भेटाउन लगेका थिए।

ट्रम्पले विलियम्सलाई आफ्नै कार्यालयको बाहिर भेटेको तथा स्वागतको क्रममा हातमा समाएर तानेको आरोप विलियम्सको छ। विलियम्सले सोही समयमा ट्रम्पको गलत व्यवहार गरेको आरोप विलियम्सको छ।

विलियम्सकै अनुसार सोही समयमा एप्सटन र ट्रम्प कुरा गरिरहेका थिए। ट्रम्पको हातको अवस्था त्यही थियो। दुवै मुस्कुराई रहेको आरोप विलियम्सको छ। ट्रम्प अभियानले भने यसको खण्डन गरेको छ। ट्रम्प अभियानले चुनावमा ट्रम्पलाई हराउने नियतले उनले यो आरोप लगाएको दाबी गरेको छ।

विलियम्सले सो कुरा सुरुमा दिनमा आफ्ना श्रीमानलाई पनि भन्न डराएकी थिइन्। उनले इप्सटेनलाई पनि चिन्ने नजिकका साथीसँग सो कुरा भन्न चाहिरहेकी थिइन्। ट्रम्पले सो घटना भएको केही दिनपछि विलियम्सलाई कार्ड पठाउँदै नयाँ परियोजनाको लागि मोडलिङको अफर समेत गरेका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ५३ बजे

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो