प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन | Khabarhub Khabarhub

प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरूको विद्युत लाइन काट्न थालेको छ ।

प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।

यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दीपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए । 

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : २७ बजे

इजरायलद्वारा लेबनानमा आक्रमण जारी

 तेल अभिव- इजरायली सेनाले दक्षिणी लेबनानमा थप आक्रमण सुरु गरेको

कोशी प्रदेश सार्वजनिक लेखा समितिले झिकायो बेरुजु विवरणसहितका कागजात

विराटनगर– कोशी प्रदेश सार्वजनिक लेखा समितिले बेरुजुको सन्दर्भमा फर्छ्यौट हुनु

बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले

वासिङटन डिसी- बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन र

बराहक्षेत्रमा विवाह महोत्सव हुने 

सुनसरी– बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ ।

दाउन्ने ‘एग्रो फार्म’ले १० करोडको ‘शेयर जारी गर्दै

चितवन– दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोड रुपैयाँको सर्वसाधारणका लागि