रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी  « Khabarhub

रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ । 

अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए । 

उनले खबरहबसँग भने, ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’ 

न्यौपाने अहिले रास्वपा पार्टीका साधारण सदस्य हुन  । उनी लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : १५ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र