गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? « Khabarhub

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडसम्म नभएको गुनासो गरेकी छन् । 

पार्टी सभापति रवि लामिछाने अहिले कास्की कारागारको हिरासतमा छन् । उनले यसै बेला पोखरामा ६४०० भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको भन्दै गृहमन्त्रीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएकी हुन् । 

उनले यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने  समेत भनेकी छन् । 

यस्तो छ तोसिमाको स्ट्याटस 
‘माननीय गृहमन्त्रीज्यू, -देशै भरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ। कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ। कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र रु एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्। थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।’

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ५९ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री