सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री « Khabarhub

सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली गुहारेका छन् ।

बाढी, पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकले प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित उक्त विद्यालयको होस्टेलका ६ जना किशोर फुटबलरको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलासहित प्रधानमन्त्री निवास, बालुवाटारमा पुगेका हुन् । भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा किशोर फुटबलरलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

पीडित परिवारले मृतक किशोरहरूका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि आग्रह गरेका छन् ।

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दीपा बानियाँ र ललितबहादुर घलानले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए ।

उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट पारेका छन् । भेटमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामा पनि थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : २५ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन