जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा | Khabarhub Khabarhub

जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीका चान्सलर ओलाफ शोल्ज भारत भ्रमणमा आएका छन् ।

भारत भ्रमणको क्रममा भारतीयहरूको लागि भिसा कोटाको बारेमा जर्मनीका चान्सलर शोल्जले विशेष घोषणा गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यसै अवसरमा जर्मनीले प्रत्येक वर्ष भारतीयहरूको भिसा कोटा बढाउने निर्णय गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले १८औं एशिया-प्रशान्त सम्मेलन (जर्मन व्यवसाय) लाई सम्बोधन गर्दै जर्मनीले भारतको दक्ष जनशक्तिमा ठूलो विश्वास देखाएको बताएका छन् ।

प्रधानमन्त्रीले जर्मनीले दक्ष भारतीयका लागि हरेक वर्ष भिसाको संख्या २० हजारबाट बढाएर ९० हजार पुर्‍याएको बताए ।

उनले भने, ‘भारत र जर्मनीबीचको पारस्परिक व्यापार पनि ३० अर्ब डलरभन्दा बढी पुगेको छ । एसिया-प्रशान्त सम्मेलनले युरोपेली संघ र एसिया-प्रशान्त क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

जर्मनीका चान्सलर शोल्ज भारतमा आयोजना हुने १८औँ एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा उपस्थित भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : २५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा