प्रधानमन्त्रीले भने- दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा दोषी देखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सजाय भोग्न तयार हुनु पर्ने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

बैठकमा सहभागी एकजना नेताका अनुसार प्रधानमन्त्री ओलीले रविको नाम नलिई अहिले सहकारी ठगी प्रकरणमा ५७५ जनाभन्दा धेरै जेलमा रहेको बताउँदै यदि अदालतबाट दोषी ठहर भएका उनले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणबारे ब्रिफिङका क्रममा ६ सय बढीमाथि मुद्दा चलेको बताउनु भयो । ५७५ जनाले सजाय भोगिरहेको कुरा ब्याख्या गर्दै उहाँले रविको हकमा पनि दोष देखिए त्यही कुरा लागु हु्ने बताउनु भयो’, बैठकमा सहभागी ती नेताले भने, ‘तर उहाँले रविको नामै भने लिनु भएन । अरुले सजाय भोगेको अवस्थामा उस्तै कसूरमा रवि पनि दोषी हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

लामिछाने अहिले सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भइससकेको छ। शुक्रबार मात्रै रवि, जीबी राई र छविलाल जोशीका साझेदार रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार सहकारीसहितका प्रकरणमा सत्तारुढ सात दलले संयुक्त वक्त्व्य निकालेका छन् । वक्तव्यमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०० बजे

‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’

काठमाडौं – वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ

कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल

भक्तपुर – नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश

कालिकोट– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको