जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु « Khabarhub

जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधामका गोरधोइ पोखरीहरूमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरूले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिए ।

तराई–मधेसका महिलाले आफ्नो परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भई षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सागर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड, दूधमति, जलाइद, रत्नसागरलाई स्थानीय युवा क्लबले सजाउन थालेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जीतेन्द्रकुमार महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए ।

उनले यस अवसरमा व्यापारिक चहलपहलसमेत बढेको बताए । गङ्गासागर पोखरीमा परापूर्वकालदेखि छठपूजा हुँदै आएको संस्कृतिका जानकार डा राजेन्द्र विमल बताउँछन्  ।

दर्शनार्थीलाई सहजरुपमा छठ पूजा गर्न मिलोस् भनेर व्यवस्थापन गर्न लागिएको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । विगतका तुलनामा  यस वर्ष आकर्षक बत्ती र पण्डाल राखिने छठपूजा समितिले जनाएको छ ।

अध्यक्ष गुप्ताले भने, ‘छठपूजाको मुख्य आकर्षण पण्डाल हो । पण्डाल जति आकर्षक बनाउन सकियो  त्यति सुन्दर र भव्य देखिन्छ ।’

छठपर्वका लागि आवश्यक खर्च व्यवस्थापन गर्न ऐच्छिक रूपमा पाँच सय रुपैयाँको टिकट बिक्री गर्ने तयारी गरिएको छ । विगतमाझैँ यो वर्ष पनि जनकपुरधामका विभिन्न पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरूले सजावट गरिनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ४० बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल