खानेपानीका समस्या बढ्दै, बजेट घट्दै « Khabarhub

खानेपानीका समस्या बढ्दै, बजेट घट्दै


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको छ । जसरी समस्या बढ्दै गएको छ, यसलाई सम्बोधनका लागि सोहीअनुसारको योजना र बजेट हुनुपर्ने हो तर यस क्षेत्रमा बजेटसमेत कम हुँदै गएको छ । यसले आवश्यकताअनुसार सुरु गरिएका खानेपानी योजनासमेत पूरा नहुने समस्या देखिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन तनहुँका प्रमुख शम्भुराज खनालले भूकम्प, बाढीपहिरो तथा जलवायु परिवर्तनका कारण खानेपानी योजनाका मुहानमा पानी घट्ने समस्या देखिएको बताए । उनले विसं २०७२ मा आएको भूकम्प र जलवायु परिवर्तनले पानीको मुहान नै फेरिने क्रम बढ्दो रहेको सुनाए ।

“पानीको मुहान नै फेरिएपछि कतिपय स्थानका संरचनासमेत प्रयोगविहीन हुने अवस्था छ । थप व्यवस्थापन गर्न यस्ता योजनाका लागि बजेट माग हुने गरेका छ तर सोअनुसार बजेट विनियोजन नहुँदा समस्या ज्युँका त्युँ छन्”, डिभिजन प्रमुख खनालले भने ।

समस्या समाधानका लागि आवश्यक पहलकदमी, बजेट व्यवस्थापन र अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ । डिभिजन प्रमुख खनालले भने, “देशकै लगानीमा त खासै अध्ययन भएको पाइँदैन तर विदेशी सहयोगमा अध्ययन हुन्छ, यस्तो अवस्थामा कार्यालयसम्म यकिन तथ्याङ्क नै आइपुग्दैन, जसले गर्दा समस्याको पहिचान, समाधनको उपयुक्त उपाय निर्धारण र व्यवस्थापनजस्ता समस्या देखिने गरेका छन् ।”

उनले गाउँघरसम्म पानीका ल्याउनका लागि योजना कार्यान्वयनकै चरणमा रहेका बेला मुहानमा पानी घट्दा समस्या हुने गरेको दुःखेसो गर्दै मुहान तथा पानीको स्रोत तल्लो क्षेत्रमा सर्दा ग्रामीण क्षेत्रमा पानी पु¥याउनै समस्या हुनथालेको बताए ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरै पनि पहिलेको स्थानभन्दा अन्य स्थानमा पानीको स्रोत सर्ने समस्याले खानेपानी आपूर्तिमा कठिनाइ भएको बताउँछन् । उनले सङ्घ तथा प्रदेश सरकारबाट बनेका खानेपानी योजनाको मुहान फेरिँदा व्यवस्थापनका लागि धेरै रकम खर्च गर्नुपर्ने अवस्था रहेको सुनाए ।

“पानीको अभाव पूर्तिका लागि केही योजनामा पालिकाबाट बजेटको व्यवस्थापन गर्दै आइरहेका छौँ तर हाम्रो स्रोतले पुग्दैन । त्यसैले रकम व्यवस्थापनका लागि प्रदेश र सङ्घ सरकारसमक्ष प्रस्ताव पेस गर्ने कार्यसमेत गरिरहेको छौँ ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँमाथि तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा खानेपानी व्यवस्थापनको जिम्मेवारी छ । समस्या बढ्दै जाँदा सो कार्यालयको बजेट भने घट्दै गएको जनाइएको छ । बजेट अभावकै कारण कार्यालयले अध्ययन तथा अनुसन्धान गर्न नसकेको कार्यालय प्रमुख खनालले बताए ।

चालु आवमा दुई जिल्लामा गरी एक सय २५ वटा खानेपानी योजना सञ्चालनमा छन् । ती आयोजनाका लागि रु ३३ करोड विनियोजन गरिएको र जसमध्ये तनहुँका लागि रु १५ करोड र नवलपुरका लासग रु १८ करोेड विनियोजन भएको डिभिजन प्रमुख खनालले जानकारी दिए । लिफ्टिङ र पाइपलाइन प्रणालीबाट ती खानेपानी योजना सञ्चालन गरिने उनले बताए ।

लिफ्टिङ र पाइपलाइनको माध्यमबाट तनहुँका ९१ प्रतिशत नागरिकमा आधारभूत रूपमा पानी पहुँच पुगेको कार्यालयले जनाएको छ । बजेट अभावले नौ प्रतिशत तनहुँवासीलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याउन आवश्यक योजना अगाडि बढाउन नसकिएको खनालको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ४३ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा