चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित « Khabarhub

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए। विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उनको भनाइ छ। जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ।

पुस महिनाभर पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताए।

कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थी कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उनको भनाइ छ। विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ।

“बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३:३० बजेनै छुट्टी गर्छौँ”, उनले भने। ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन्।

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन्। यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन्।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ०१ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने

बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

एजेन्सी– बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको