साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो « Khabarhub

साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको तालिकामा लिभरपुलले अग्रतालाई अझ फराकिलो बनाएको छ। लिभरपुलले आइतबार राति भएको खेलमा साउथ हम्टनलाई ३-२ ले हराउँदै अग्रता बढाएको हो।

खेलको पहिलो हाफको ३० औं मिनेटमा लिभरपुल डोमिनिक जो बोस्जकीको गोलमा अग्रता लिन सफल भएको थियो। मध्यान्तर भन्दा ठिक अघि पाएको पेनाल्टीलाई उपयोग गर्दै साउथहम्टन खेलमा फर्किएको थियो। एडम आर्मस्ट्रङको प्रहार लिभरपुलका गोलरक्षक काहोमिन केलरले बचाए पनि रिबाउन्डमा उनले गोल गरे। ५६ औ मिनेटमा माटुयस फर्नान्डेजले आकर्षक गोल गर्दै साउथहम्टनलाई अग्रता दिलाएको खेलमा ६५ औ मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरे। उनले नै अन्त्यमा ८३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै जित दिलाए।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड र इप्सविच टाउन बिच १–१ गोलको बराबरीमा सकिएको छ। सो खेलको ८१ औँ मिनेटमा मार्कस रासफोर्डको गोलमा म्यानचेस्टरले अग्रता लिएको थियो। इप्सविचका लागि मध्यान्तर अघि ओमारी हाउटचिन्सनले गोल गरे। १२ चरणको समाप्तिमा लिभरपुलको ३१ अङ्क छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अङ्क छ। म्यानचेस्टर युनाइटेड १६ अङ्कसहित १२ औँ स्थानमा छन्। इप्सविच ९ अङ्क सहित १८ औ स्थानमा छ भने साउथहम्टन ४ अङ्क सहित पुछारमा छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ५२ बजे

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान