आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक « Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अनारे प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालो अङ्गुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यसै गरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काँक्रो १२०, भारतीय मेवा ९० किवी र एभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूलो गोलभेँडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ९०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ३०, तराई परवर ९०,  तोरीको साग ५०, रायोको साग ४० र जिरीको साग प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदिना ६००, ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५०, लाम्चो भ्यान्टा ६० र हरियो धनियाँ २०० रुपैयाँ मूल्य निर्धारण भएको समितिले जनाएको छ ।

यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५१ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको