अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या  « Khabarhub

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या 


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज नोभेम्बर २५ अर्थात् आज ४५औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । ‘हरेक १० मिनेटमा एकजना महिलाको हत्या हुन्छ, यसको विरुद्ध आवाज उठाऔं’ भन्ने नाराका साथ यस दिवस मनाइदैछ ।

डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानाशाह राफेल ट्रलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए ।

उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो । तिनै दिदीबहिनीको सम्झना  स्वरुप आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो । सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको नारा चाहिँ ‘एभ्रि टेन मिनेटस् अ वुमन इज किल्ड, नो एक्सक्युज’ हो । महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र संघको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने अभियान हो । यो आजदेखि डिसेम्बर १० सम्म सञ्चालन हुन्छ । 

विश्व पितृसत्ता नेतृत्वमा सञ्चालित छ ।  महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : १४ बजे

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका