ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू) « Khabarhub

ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू)


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ ।

कोटेश्वर-कलंकी सडकखण्डमा रहेको यो फ्लाई ओभर आगामी भदौमा निर्माण पूरा गरिने तयारी छ।

यसको निर्माण २०७८ फागुन १२ गते ठेक्का लागेर अघि बढेको हो ।

यस फ्लाई ओभरको निर्माणका लागि पहिलो म्याद २०८० फेब्रुअरी ११ मा सम्पन्न गर्ने तोकिएको थियो। त्यसपछि समयमै काम हुन नसकेपछि फेरि म्याद थप गरी २०८१ सम्म दिइएको थियो ।

१७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाई ओभरको ठेक्का लागेको थियो । हालसम्म फ्लाईओभरको भौतिक प्रगति ९८ प्रतिशत छ ।

आर्थिक प्रगति ४५.५४ प्रतिशत रहेको निर्माण कम्पनीले जनाएको छ । यो फ्लाई ओभर निर्माणका क्रममा सरकारले ठेकेदार कम्पनीलाई ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : २२ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।