ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू) « Khabarhub

ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू)


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ ।

कोटेश्वर-कलंकी सडकखण्डमा रहेको यो फ्लाई ओभर आगामी भदौमा निर्माण पूरा गरिने तयारी छ।

यसको निर्माण २०७८ फागुन १२ गते ठेक्का लागेर अघि बढेको हो ।

यस फ्लाई ओभरको निर्माणका लागि पहिलो म्याद २०८० फेब्रुअरी ११ मा सम्पन्न गर्ने तोकिएको थियो। त्यसपछि समयमै काम हुन नसकेपछि फेरि म्याद थप गरी २०८१ सम्म दिइएको थियो ।

१७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाई ओभरको ठेक्का लागेको थियो । हालसम्म फ्लाईओभरको भौतिक प्रगति ९८ प्रतिशत छ ।

आर्थिक प्रगति ४५.५४ प्रतिशत रहेको निर्माण कम्पनीले जनाएको छ । यो फ्लाई ओभर निर्माणका क्रममा सरकारले ठेकेदार कम्पनीलाई ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी