अफगानिस्तानमा यात्रुवाहक गाडी दुर्घटना, छ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा यात्रुवाहक गाडी दुर्घटना, छ जनाको मृत्यु


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसी दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ ।

विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय बासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै  शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

स्रोतका अनुसार गत हप्ता मात्र यही क्षेत्रमा यात्रु वाहक गाडी दुर्घटना हुँदा महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो । 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ५३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका