शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड | Khabarhub Khabarhub

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ठूलीभेरीशे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ ।  

साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सिर ९ र १० गते बसको १६औँ  हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्षरूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिए।

उनले स्थानीय पालिकाको सिमित स्रोतसाधनबाट मात्र जनताको माग पूरा गर्न नसकिने देखिएकाले डोल्पा जिल्लास्थित गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा विकास योजना सम्पन्न गर्ने पक्षमा गाउँसभा रहेको स्पष्ट गरे।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको साल्दाङस्थित पालिका कार्यालयले यस आर्थिक वर्षअन्तर्गत हिउँदे अधिवेशन गर्ने पहिलो पालिका भएको दावी गर्दै बेरुजु फस्र्योटलाई प्राथमिकता दिई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो पालिकाले स्थानीय गैरसरकारी संस्था एलआईएसपीसँगको साझेदारीमा औचित्य र आवश्यकताका आधारमा तीन करोड रुपैयाँ वडाहरूलाई बाँडफाँड गरको पालिका अध्यक्ष गुरुङले जानकारी दिए।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : ०१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता