शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड « Khabarhub

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ठूलीभेरीशे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ ।  

साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सिर ९ र १० गते बसको १६औँ  हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्षरूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिए।

उनले स्थानीय पालिकाको सिमित स्रोतसाधनबाट मात्र जनताको माग पूरा गर्न नसकिने देखिएकाले डोल्पा जिल्लास्थित गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा विकास योजना सम्पन्न गर्ने पक्षमा गाउँसभा रहेको स्पष्ट गरे।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको साल्दाङस्थित पालिका कार्यालयले यस आर्थिक वर्षअन्तर्गत हिउँदे अधिवेशन गर्ने पहिलो पालिका भएको दावी गर्दै बेरुजु फस्र्योटलाई प्राथमिकता दिई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो पालिकाले स्थानीय गैरसरकारी संस्था एलआईएसपीसँगको साझेदारीमा औचित्य र आवश्यकताका आधारमा तीन करोड रुपैयाँ वडाहरूलाई बाँडफाँड गरको पालिका अध्यक्ष गुरुङले जानकारी दिए।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : ०१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग