सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण   « Khabarhub

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण  


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राजविराज – केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि हिच्किचाउने गर्थे । खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा  पनि केटाकेटी पढाउन अभिभावक त्यसैगरी हिचकिचाउँथे । विद्यालयको भौतिक संरचनाका कारण पनि विद्यार्थी विद्यालयमा आकर्षित हुन सकेका थिएनन् ।  

 हाल विद्यालयको भौतिक संरचना मर्मत गरी रङ लगाएर चिटिक्क पारिएको छ । विद्यार्थीको सङ्ख्या पनि भरिभराउ छन् । यहाँ निजी विद्यालयमा महङ्गो शुल्क तिर्न नसक्ने र कम आयस्रोत भएका अभिभावकले छोरोछोरी यही विद्यालयमा भर्ना गरेका छन् । उचित व्यवस्थापन र शिक्षकको मेहनतका कारण यस विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण बढेको हो ।आकर्षण  

‘सेभ द चिल्ड्रेन’को सहयोगमा समुन्नति परियोजना अन्तर्गत सबल नेपाल नामक संस्थाले विद्यालयको जीर्ण भवन मर्मत गरिदिएको हो । बालविकासदेखि कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा  तीन ओटा शौचालय, कार्यालय भवन, भान्सा घरसहित विद्यार्थी बस्ने कोठालगायत गरी ११ वटा कोठा मर्मत गरेको सबल नेपालका परियोजना संयोजक रोशनकुमार मण्डलले जानकारी दिए।

गत वर्षसम्म दुई सय २० विद्यार्थी अध्ययनरत यस विद्यालयमा यस वर्ष विद्यार्थी सङ्ख्या थपिएर चार सय ११ पुगेको विद्यालयका प्रधानअध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले बताए। 

पूर्व–पश्चिम राजमार्गसँगै उत्तरपट्टी कलयानपुुरमा रहेको यस विद्यालयमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछी अभिभावकहरूले धमाधम निजी विद्यालयबाट छोराछोरी निकालेर यहाँ भर्ना गर्न थालेका छन् । विसं २०५० मा स्थापना भएको यस विद्यालयको नतिजा राम्रो देखिएपछि विद्यार्थीको चाप बढेको विद्यालयका शिक्षिका दिपमाला विश्वकर्माले बताए।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ३१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले