सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण   « Khabarhub

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण  


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राजविराज – केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि हिच्किचाउने गर्थे । खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा  पनि केटाकेटी पढाउन अभिभावक त्यसैगरी हिचकिचाउँथे । विद्यालयको भौतिक संरचनाका कारण पनि विद्यार्थी विद्यालयमा आकर्षित हुन सकेका थिएनन् ।  

 हाल विद्यालयको भौतिक संरचना मर्मत गरी रङ लगाएर चिटिक्क पारिएको छ । विद्यार्थीको सङ्ख्या पनि भरिभराउ छन् । यहाँ निजी विद्यालयमा महङ्गो शुल्क तिर्न नसक्ने र कम आयस्रोत भएका अभिभावकले छोरोछोरी यही विद्यालयमा भर्ना गरेका छन् । उचित व्यवस्थापन र शिक्षकको मेहनतका कारण यस विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण बढेको हो ।आकर्षण  

‘सेभ द चिल्ड्रेन’को सहयोगमा समुन्नति परियोजना अन्तर्गत सबल नेपाल नामक संस्थाले विद्यालयको जीर्ण भवन मर्मत गरिदिएको हो । बालविकासदेखि कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा  तीन ओटा शौचालय, कार्यालय भवन, भान्सा घरसहित विद्यार्थी बस्ने कोठालगायत गरी ११ वटा कोठा मर्मत गरेको सबल नेपालका परियोजना संयोजक रोशनकुमार मण्डलले जानकारी दिए।

गत वर्षसम्म दुई सय २० विद्यार्थी अध्ययनरत यस विद्यालयमा यस वर्ष विद्यार्थी सङ्ख्या थपिएर चार सय ११ पुगेको विद्यालयका प्रधानअध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले बताए। 

पूर्व–पश्चिम राजमार्गसँगै उत्तरपट्टी कलयानपुुरमा रहेको यस विद्यालयमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछी अभिभावकहरूले धमाधम निजी विद्यालयबाट छोराछोरी निकालेर यहाँ भर्ना गर्न थालेका छन् । विसं २०५० मा स्थापना भएको यस विद्यालयको नतिजा राम्रो देखिएपछि विद्यार्थीको चाप बढेको विद्यालयका शिक्षिका दिपमाला विश्वकर्माले बताए।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ३१ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश