धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त « Khabarhub

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो। धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार मात्रै सन्तोषनारायण, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सरकारलाई सिफारिस गरेको थियो।

धितोपत्र बोर्डको नेतृत्वमा पुगेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यका रुपमा काम गरिसकेका छन् । बोर्डको नेतृत्व ११ महिनादेखि रिक्त थियो । यसअघि भएका नियुक्ति प्रयास पनि विवादमा परेर रोकिएका थिए ।

२०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएयता सरकारले बोर्डमा नियुक्त गर्न सकेको थिएन । बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स (एमबीए) गरेका छन् ।

उनी स्याङ्जाको भीरकोट नगरपालिकाका बासिन्दा हुन्।  वि.सं. २०३३ सालमा जन्मिएका उनले विभिन्न कम्पनीमा नेतृत्वदायी भूमिकासहित काम गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ३७ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो