क्यानले तोक्यो एनपीएलका लागि टिकटको मूल्य « Khabarhub

क्यानले तोक्यो एनपीएलका लागि टिकटको मूल्य


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकेको छ । क्यानले सोमबार साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको हो ।

प्रतियोगिताको पहिलो दिन अर्थात् उद्घाटनको दिनमा साधरण तर्फ टिकट मूल्य ३०० रुपैंयाँ निर्धारण गरिएको छ । त्यस्तै भीआईपीतर्फको टिकटका लागि उक्त दिन ७००‌‌ रुपैयाँ तिर्नुपर्ने छ । अन्य लिग खेलमा भने साधारण तर्फ ३०० र भिआइपी तर्फ ५०० रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।

प्लेअफका खेलहरूमा साधरणतर्फ टिकटका लागि ५०० रुपैयाँ र भीआईपी टिकटका लागि ७००‌ रुपैयाँको‌ तोकिएको छ । फाइनल खेलमा साधरण तर्फका टिकटका लागि ५००‌ र भीआईपीका लागि १००० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी प्रतियोगितामा क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । जसका लागि २० प्रतिशत छुट दिने क्यानले जनाएको छ । सिजनल टिकट साधारण तर्फ ४ हजार ४ सय ८० र भिआईपी तर्फ ८ हजार २ सय ४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको