क्यानले तोक्यो एनपीएलका लागि टिकटको मूल्य « Khabarhub

क्यानले तोक्यो एनपीएलका लागि टिकटको मूल्य


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकेको छ । क्यानले सोमबार साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको हो ।

प्रतियोगिताको पहिलो दिन अर्थात् उद्घाटनको दिनमा साधरण तर्फ टिकट मूल्य ३०० रुपैंयाँ निर्धारण गरिएको छ । त्यस्तै भीआईपीतर्फको टिकटका लागि उक्त दिन ७००‌‌ रुपैयाँ तिर्नुपर्ने छ । अन्य लिग खेलमा भने साधारण तर्फ ३०० र भिआइपी तर्फ ५०० रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।

प्लेअफका खेलहरूमा साधरणतर्फ टिकटका लागि ५०० रुपैयाँ र भीआईपी टिकटका लागि ७००‌ रुपैयाँको‌ तोकिएको छ । फाइनल खेलमा साधरण तर्फका टिकटका लागि ५००‌ र भीआईपीका लागि १००० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी प्रतियोगितामा क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । जसका लागि २० प्रतिशत छुट दिने क्यानले जनाएको छ । सिजनल टिकट साधारण तर्फ ४ हजार ४ सय ८० र भिआईपी तर्फ ८ हजार २ सय ४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ३७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी