हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडियाले भ्रमपूर्ण प्रचार गर्दैछन् « Khabarhub

हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडियाले भ्रमपूर्ण प्रचार गर्दैछन्


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध केही मिडियाले गलत प्रचार गरिरहेको बताएका छन् । पार्टीका प्रवक्ता मनिष झासँगको भेटमा रविले आफू हिरासतमा रहेको माैकामा सिंगाे राज्य र केही मिडियाले भ्रमपूर्ण प्रचार गरिरहेको बताएका हुन् ।

रविसँगको भेटबारे झाले समाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, ‘अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेररछेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।’

साथै रविले जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा दिएको बयानलाई गलत प्रचार गरिएको पनि बताएका छन् । उनले विषयलाई बङ्ग्याएर केही मिडियाहरुले झुटको खेती गरेको आरोप समेत लगाएका छन् ।

झाले रविलाई उदृत गर्दै लेखेका छन्, ‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई/तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’

रविले जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति प्रधानमन्त्री र महान्यायाधीवक्ताको गम्भीर ध्यानाकर्षण समेत गराएको झाले उल्लेख गरेका छन् ।

यस्तो झा स्टाटस

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ५५ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका