रेडियो पाकिस्तानका कर्मचारी आन्दोलित | Khabarhub Khabarhub

रेडियो पाकिस्तानका कर्मचारी आन्दोलित


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको राष्ट्रिय प्रसारण संस्था रेडियो पाकिस्तानका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीले रेडियो पाकिस्तानको मुख्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

सरकारले लामो समयदेखि आफूहरुको वास्ता नगरेको कर्मचारीको आरोप छ । सरकारले सरकारी कर्मचारीको तलब गत वर्ष २५ प्रतिशत र यस वर्ष २० प्रतिशत बढाएपनि यसबाट आफूहरु बञ्चित भएको उनीहरुको भनाइ छ ।

त्यसैगरी, लामो समयदेखि आफूहरुले पेन्सन, स्वास्थ्य सुविधा र आवास सुविधा पनि नपाएको कर्मचारीले गुनासो गरेका छन् । विगत एक वर्षदेखि आफूहरुको पदोन्नती पनि नभएको कर्मचारीको दाबी छ ।

कर्मचारीले तालाबन्दी गरेपछि रेडियो पाकिस्तानको मुख्यालयमा प्रहरी परिचालन गरिएको थियो । कर्मचारीको आन्दोलनमा प्रहरी परिचालन भएपछि अवस्था तनावग्रस्त भएको तर हिंसाका कुनै घटना भने नभएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित