पाकिस्तानमा साम्प्रदायिक हिंसा « Khabarhub

पाकिस्तानमा साम्प्रदायिक हिंसा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा भएको साम्प्रदायिक हिंसामा परी ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा साम्प्रदायिक हिंसा फैलिएको हो ।

शिया मुसलमानको समूहमा बन्दुकधारीले गोली प्रहार गरेपछि हिंसा फैलिएको हो । हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहले निन्दा गरेका छन् ।

पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी)ले विज्ञप्ति जारी गर्दै यस घटनाले नागरिकको सुरक्षा गर्न सरकार असफल भएको पुष्टि भएको टिप्पणी गरेको छ ।

पीडितमध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् । हिंसामा परी अरु १६ जना घाइते भएका छन् ।

लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरूबीच झडप हुने गरेको छ । साम्प्रदायिक हिंसा फैलिएपछि सो क्षेत्रमा कर्फ्यु घोषणा गरिएको छ भने मोबाइल सेवासमेत बन्द गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : ०१ बजे

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक