आज २०८१ साल पुस १० गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १० गते बुधबारको राशिफल


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १० गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर २५ तारिख। पौष कृष्ण पक्षको दशमी तिथि। क्रिसमस डे। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। थालेका काम सफल हुनेछन्। मन खुशी हुनेछ। राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ। राजनीतिक तहमा अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मन प्रशन्न रहनेछ। खानपानमा गढबढी हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। हाकिमको प्रेसर हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ। विपक्षी शान्त भएकाले काम बन्नेछ। परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ।

कर्कट : दिन सामान्य छ। आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ। साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ। सामूहिक काममा फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ। आफूभन्दा ठुलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। नियमित काम गर्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ।

तुला : मनमा उत्साह बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले अरुको काम गर्दा आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने दिन छ। राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ। अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ। रोगसँग लड्ने क्षमता भने वृद्धि भएको छ। दैनिकी सहज छ। ठुला कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

धनु : दिन राम्रो हुनेछ। आम्दानीको दृष्टिले दिन अब्बल छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ। आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ। परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन्।

मकर : दिन सामान्य राम्रो छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ। वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ। राजनीतिक सहकर्मीले साथ दिनेछन्। परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले सानो कुराले सताउन सक्छ। धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : पुरानो रोगले सताउने जोखिम बढी छ। सुरुवाती साढेसाती दशाले गर्दा मनमा खटपटी बढ्नेछ। गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ११ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछ उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका